कोरोना निको हुने दर ९८ प्रतिशत, १४२ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८८ जनामा परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा १५ जना निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या ९ लाख ६६ हजार ९०४ पुगेको छ । नेपालमा संक्रमितमध्ये ९८ प्रतिशत निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धखोप लगाउनेको संख्या ११ हजार ६९२ रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया