NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

फेरि जित्यो माओवादीले अर्को गाउँपालिका

उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई विजयी भएका छन् । उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुष्पकुमार राईको पल्लाभारी भएको छ ।

निकटतम प्रतिस्पर्धामा रहेका नेकपा (एमाले)का राजकुमार राईलाई पराजित गर्दै मेजरकुमार विजयी भएका हुन् । विजयी राईले १ हजार ८१८ मत ल्याउँदा राजकुमारले एक हजार ३३८ मत प्राप्त गरे ।

उपाध्यक्षमा विजयी राईले १ हजार ६४० र उनको निकटतमप्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गीता कार्कीले एक हजार ३१२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कायालय, उदयपुरले बताएको छ ।