नुवाकोटको तारकेश्वर–३ मा कांग्रेसको प्यानल नै विजयी
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसको सिंगो प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा एमालेलाई फराकिलो मतान्तरमा पराजित गर्दै कांग्रेसका सूर्यमान श्रेष्ठ विजयी भएका छन् । उनले ११२८ मतमा जित निकाल्दा एमालेका उम्मेदवारले मात्रै ३८२ मत प्राप्त गरेका छन् ।
खुला र समावेशी वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।
यो गाउँपालिकामा अब वडा नंं. १ र २ को गणना गर्न बाँकी छ । चार वडाको मतपरिणाम सार्वजनिक हुँदा यहाँको गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।
प्राप्त पछिल्लो विवरणअनुसार गठबन्धनको तर्फबाट कांग्रेसका अध्यक्ष उम्मेदवार शिव अधिकारीले ३६५४ मत हासिल गरेका छन् । एमालेका रमेशबहादुर वस्तीको २२०४ मत छ ।
यसअघि सार्वजनिक परिणाममा उपाध्यक्षतर्फ एमालेकी उम्मेदवारले लिड गरेकोमा अहिले माओवादी अघि लागेको छ । माओवादीका हरिप्रसाद रिमालले २५९८ मत हासिल गर्दा एमालेकी कोपिला भट्टले २३०१ मतका साथ पछ्याइरहेकी छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया