म्याग्दीको गाउँपालिकामा कांग्रेसको जित
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भवबहादुर भण्डारी निर्वाचित भएका छन् ।
नेकपा एमालेका प्रेमबहादुर कार्कीलाई ७५९ मत अन्तरले हराउँदै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
भण्डारीले ४ हजार ३८ मतसहित जित निकाल्दा कार्की ३ हजार २७९ मतमा रोकिए ।
यहाँ माओवादी तेस्रो स्थानमा सीमित भएको छ । अध्यक्षको प्रतिस्पर्धामा रहेकी माओवादीकी मीना विकले मात्रै ९९५ मत ल्याइन् ।
उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुन विजयी भएकी छन् । उनले पाएको मत ३ हजार ३६४ छ ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवाल क्षेत्री १ हजार ७८३ मतमा समेटिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया