थप ७ जनामा कोरोना पुष्टि, ९ जना कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७८५ जनामा परीक्षण गर्दा थप ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ६ जना र एन्टिजेन विधिबाट एक जना गरी कुल ७ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पिसिआर मात्रै ९ लाख ७९ हजार ४ जना रहेको छ भने एन्टिजेनमार्फत एक लाख ४० हजार २०८ जना पुगेकाे छ । गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोनामुक्त भएसँगै हालसम्म निको हुनेकाे संख्या ९ लाख ६६ हजार ९१३ जना पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
देशभर सक्रिय संक्रमितको संख्या १३९ रहेको छ । जसमध्ये ३ जना क्वारेन्टिनमा छन्

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया