नुवाकोटमा निवर्तमान गाउँपालिका अध्यक्षको लज्जास्पद हार
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारको शर्मनाक हार भएको छ । सत्ताधारी दलको गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रिएका रमेशबहादुर वस्ती फराकिलो मतान्तरमा पराजित भएका हुन् ।
गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार शिव अधिकारीले त्यहाँ ५ हजार ६६५ मतका साथ सानदार जित निकाल्दा वस्ती ३ हजार ३४१ मतमा रोकिए । उनीहरूबीचको मतान्तर २३३४ छ ।
वस्ती तारकेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यसपटक उनको दल एमालेबाट यो गाउँपालिकाको अध्यक्ष उम्मेदवार हुन वस्तीसँगै दर्जन बढीले आकांक्षा देखाएका थिए । तर दोस्रोपटक पनि वस्तीले नै बाजी मारे ।
तर यसपटक उनको भाग्य चम्किएन । बरू कांग्रेसले अघिल्लोपटकको बदला लियो ।
आफ्नो कार्यकालमा अपारदर्शी र अलोकप्रिय काम गरेकाले उनीसँग स्वयं एमाले रुष्ट थिए । जसको असर उनले पाएको मतमा पनि देखिन्छ । किनभने, एमालेतर्फको उपाध्यक्ष उम्मेदवारले पाएकाे मतभन्दा उनकाे कम छ ।
यो गाउँपालिकाको उपाध्यक्षमा पनि गठबन्धनतर्फकै उम्मेदवार हरिप्रसाद रिमाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी कोपिला भट्टलाई परास्त गर्दै रिमालले उपाध्यक्ष जितेका हुन् । तर माओवादीका रिमालको कांग्रेसबाट विजयी अधिकारीको भन्दा कम मत छ । रिमालले ४ हजार ६५८ मतका साथ जित दर्ज गराउँदा भट्ट ३ हजार ३९२ मतमा रोकिइन् ।
वडागत तहमा यो गाउँपालिकामा यसपटक कांग्रेस र एमालेले मिश्रित नतिजा निकालेका छन् । तर उपाध्यक्ष लिएर कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले भने कुनै पनि वडामा अध्यक्ष जित्न सकेन । कतिपय वडामा त माओवादीले प्राप्त गरेकाे मत दुई डिजिट मात्र छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया