थप ४ वडामा राप्रपा विजयी, नेपालगञ्ज, हेटौंडासहित १५ मा अग्रता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ४ वडामा प्यानलसहित जित निकालेको छ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न वडा राप्रपाले जित हासिल गरेको हो ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार, चाँगुनारायण नगरपालिका–६ को अध्यक्षमा धनबहादुर लामा र रूपन्देहीको देवदह नगरपालिका–११ को वडाध्यक्षमा दुधनाथ यादव यादव विजयी भएका छन् । देवदह –१२ मा भने वडाध्यक्षबाहेक चार वडा सदस्य राप्रपाको पोल्टामा परेको छ ।
त्यसैगरी, बाँकेको राप्ती सोनारी गाउपालिका–६ वडाध्यक्षमा लवराज खरेल, र शंखरापुर नगरपालिका–७ को वडाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ प्यानलसहित विजयी बनेका छन् ।
चुनावी परिणामले राप्रपा गदगद : ‘१३ मा अग्रता, ११ वडामा विजयी’
योसँगै राप्रपाले जितेको वडाको संख्या ३७ पुगेको छ ।
प्रवक्ता शाहीका अनुसार, जारी मतगणनामा उपमहानगरपालिकासहित १५ स्थानीय तहमा राप्रपाका उम्मेदवारले लिड गरिरहेका छन् । ८० भन्दा बढी स्थानीय तहमा दोस्रो र २०० भन्दा स्थानीय तहमा तेस्रो स्थानमा रहेर राप्रपाले चुनौती दिइरहेको छ ।
ताजा अपडेट
-
छ महिनामै ६ लाख २० हजार विदेशी पर्यटक नेपालमा, आगमन ७.४ प्रतिशतले बढ्यो
-
नयाँ प्रणाली लागू हुँदै, राहदानी सेवा केही दिन बन्द हुने
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
कर्णाली नदीमा बेपत्ता गाडी खोजीका लागि सशस्त्रको सोनार क्यामरा र म्याग्नेटसहितको टोली परिचालन
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत


प्रतिक्रिया