NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विश्व रक्तचाप दिवस : लक्षण तथा बच्ने उपाय

काठमाडौं । आज विश्व रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । रक्तचाप भन्नाले मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलीमा परेको चाप हो । जसलाई रक्तचाप भनिन्छ ।

उच्च रक्तचापलाई अंग्रेजी भाषामा ‘हाई ब्लड प्रेसर’ वा ‘हाइपर टेनसन’ को रुपमा चिनिन्छ । सामान्यता सबै प्राणीको शरीरमा निरन्तर रगत बहिरहन्छ। रगत बहँदा रक्तनलीमा चाप उत्पन्न हुन्छ र यसैलाई नै रक्तचाप भनिन्छ ।

उच्च रक्तचाप हुँदा टाउको,दुख्ने, रिंगता लाग्ने, थकान महसुस हुने, नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने तथा मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने आदि लक्षणहरु देखापर्छन । यसबाट बच्न हामीले केही मात्रामा खानपान तथा व्यायाममा ध्यान दिन जरुरी हुन्छ । केही उपाय निम्न रहेका छन् ।

१) धुम्रपान र मदिरा सेवन नगर्ने ।
२) हरिया सागसब्जी बढी मात्रामा खाने ।
३) फलफुलको सेवन गर्ने ।
४) खानामा नुनको प्रयोग कम गर्ने ।
५) रातो तथा धेरै बोसोयुक्त मासु नखाने खानैपरे पनि कम खाने ।
६) नियमित व्यायाम तथा योग गर्ने
७) नियमित जाँच गराउने तथा स्वास्थ्य जिवनशैली अपानाएर उक्तचाप नियन्त्रणमा राख्ने ।

नेपालमा हरेक १७ मे अर्थात जेठ ३ गते विश्व रक्तचाप दिवस मनाइने गरिन्छ ।