विश्व रक्तचाप दिवस : लक्षण तथा बच्ने उपाय
काठमाडौं । आज विश्व रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । रक्तचाप भन्नाले मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलीमा परेको चाप हो । जसलाई रक्तचाप भनिन्छ ।
उच्च रक्तचापलाई अंग्रेजी भाषामा ‘हाई ब्लड प्रेसर’ वा ‘हाइपर टेनसन’ को रुपमा चिनिन्छ । सामान्यता सबै प्राणीको शरीरमा निरन्तर रगत बहिरहन्छ। रगत बहँदा रक्तनलीमा चाप उत्पन्न हुन्छ र यसैलाई नै रक्तचाप भनिन्छ ।
उच्च रक्तचाप हुँदा टाउको,दुख्ने, रिंगता लाग्ने, थकान महसुस हुने, नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने तथा मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने आदि लक्षणहरु देखापर्छन । यसबाट बच्न हामीले केही मात्रामा खानपान तथा व्यायाममा ध्यान दिन जरुरी हुन्छ । केही उपाय निम्न रहेका छन् ।
१) धुम्रपान र मदिरा सेवन नगर्ने ।
२) हरिया सागसब्जी बढी मात्रामा खाने ।
३) फलफुलको सेवन गर्ने ।
४) खानामा नुनको प्रयोग कम गर्ने ।
५) रातो तथा धेरै बोसोयुक्त मासु नखाने खानैपरे पनि कम खाने ।
६) नियमित व्यायाम तथा योग गर्ने
७) नियमित जाँच गराउने तथा स्वास्थ्य जिवनशैली अपानाएर उक्तचाप नियन्त्रणमा राख्ने ।
नेपालमा हरेक १७ मे अर्थात जेठ ३ गते विश्व रक्तचाप दिवस मनाइने गरिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया