थप १९ जनामा कोरोना पुष्टि, १४९ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १९७ जनामा परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधिबाट १८ जना र एन्टीजेन विधिबाट एक जना गरी कुल १९ जनामा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या पिसीआर विधिबाट गरिएको परीक्षणमा ९ लाख ७९ हजार २२ जना र एन्टिजेन परीक्षणमा एक लाख ४० हजार २०९ जना रहेको छ ।
गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशभर मृत्यु हुनेको ११ हजार ९५२ पुगेको छ । त्यस्तै मन्त्रालयको अनुसार २४ घण्टामा १८ जना निको भई घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ९२१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
देशभर १४९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन जना क्वारेन्टाइनमा रहेका छन् भने कसैले पनि खोप लगाएका छैनन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया