थप १९ जनामा कोरोना पुष्टि, १४९ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १९७ जनामा परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधिबाट १८ जना र एन्टीजेन विधिबाट एक जना गरी कुल १९ जनामा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या पिसीआर विधिबाट गरिएको परीक्षणमा ९ लाख ७९ हजार २२ जना र एन्टिजेन परीक्षणमा एक लाख ४० हजार २०९ जना रहेको छ ।
गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशभर मृत्यु हुनेको ११ हजार ९५२ पुगेको छ । त्यस्तै मन्त्रालयको अनुसार २४ घण्टामा १८ जना निको भई घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ९२१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
देशभर १४९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन जना क्वारेन्टाइनमा रहेका छन् भने कसैले पनि खोप लगाएका छैनन् ।
प्रतिक्रिया