प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
काठमाडाैं । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो ।
उक्त नियम निलम्बनको प्रस्तावलाई सांसदहरु देवप्रसाद गुरुङ र जीवनप्रेम श्रेष्ठले समर्थन जनाएका थिए । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४२ को उपनियम ९४० मा राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिन अगावै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिनुपर्ने प्रावधान छ । स्थानीय निर्वाचनका कारण उक्त अवधिमा छलफल गर्न नभ्याइने भएकाले नियमको सो प्रावधान निलम्बन गरिएको हो ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया