नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त
नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले श्रीवास्ताव राजदूतमा नियुक्त भएको जानकारी मंगलबार सार्वजनिक गरेको हो ।
श्रीवास्तव विदेश मन्त्रालयमा अतिरिक्त सचिवका साथै पूर्वी एसियाको कुटनीति हेर्ने विभाग प्रमुख थिए ।
उनले कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् । नेपालमा रहेका राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त भएपछि नेपालमा उक्त पद खाली थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया