नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त

नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले श्रीवास्ताव राजदूतमा नियुक्त भएको जानकारी मंगलबार सार्वजनिक गरेको हो ।
श्रीवास्तव विदेश मन्त्रालयमा अतिरिक्त सचिवका साथै पूर्वी एसियाको कुटनीति हेर्ने विभाग प्रमुख थिए ।
उनले कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् । नेपालमा रहेका राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त भएपछि नेपालमा उक्त पद खाली थियो ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया