थप ६ जनामा कोरोना पुष्टि, ८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना पुष्टि भएको छ । ३ हजार ४७३ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिबाट ६ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिमार्फत भने एकजना पनि संक्रमित भएका छैनन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या पिसीआर परीक्षणबाट मात्रै ९ लाख ७९ हजार २८ जना पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक लाख ४० हजार २०९ जना रहेका छन् ।
गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । मन्त्रालयले जारी गरेको बुलेटिनमा देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना निको भइ घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ९२९ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
यसै गरी बुधबार ३५ हजार ८५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया