थप ६ जनामा कोरोना पुष्टि, ८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना पुष्टि भएको छ । ३ हजार ४७३ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिबाट ६ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिमार्फत भने एकजना पनि संक्रमित भएका छैनन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या पिसीआर परीक्षणबाट मात्रै ९ लाख ७९ हजार २८ जना पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक लाख ४० हजार २०९ जना रहेका छन् ।
गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । मन्त्रालयले जारी गरेको बुलेटिनमा देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना निको भइ घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ९२९ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
यसै गरी बुधबार ३५ हजार ८५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया