सर्लाहीमा बस दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नंको पिकअपले आज विपरीत दिशाबाट गइरहेको ना। ५ ख ५५१५ नंको यात्रुबसलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आफ्नै साइडमा गुडिरहेको बसलाई तीव्र गतिको पिकअपले ठक्कर दिएको र पिकअपबाट जोगिन खोज्दा यात्रुबस पल्टिएको हो । बसले च्यापिएर सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक विदुर निरौलासहित १२ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया