पर्वतको विहादीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले
पर्वत । जिल्लाको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् ।
गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरे । कुँवरले २ हजार ९३७ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएकी छन् । तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए ।
यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ । वडा नं १, ३ र ५ मा एमाले, वडा नं २ र ४ मा काँग्रेस तथा वडा नं ६ मा माओवादी केन्द्र विजयी भयो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया