वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि आइपीओमा आरक्षण’
काठमाडाैं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्कासन (आइपिओ) मा आरक्षणको व्यवस्था गर्न धितोपत्र बोर्डले माग गरेको छ । वैधानिक प्रणालीबाट धेरैभन्दा धेरै रेमिट्यान्स भित्र्याउन राज्यस्तरबाटै पहल भइरहेको भनिएका बेला बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई पनि आइपिओ निष्कासनमा आरक्षणको व्यवस्था गर्न माग गरेको हो ।
आगामी आर्थिक वर्षको बजेटका लागि अर्थ मन्त्रालयलाई सुझाव दिने क्रममा बोर्डले उक्त माग गरेको हो । समग्र पुँजी बजारको विकास तथा विस्तारका लागि भन्दै बोर्डले अन्य ११ बुँदे सुझावसमेत दिएको छ । ‘वैदेशिक रोजगारीमा गएका नेपालीबाट रेमिट्यान्स आप्रवाह औपचारिक माध्ययमार्फत आउनका लागि विभिन्न प्रोत्साहनको व्यवस्था गरी सुधार ल्याउन आवश्यक भएको छ,’ सुझावमा भनिएको छ, ‘यसरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धितोपत्र बजारमा लगानीको अवसर प्राप्त हुँदा देशको आर्थिक गतिविधिहरूमा उनीहरूको सहभागिता बढ्ने देखिन्छ ।’
यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङको पुँजी वृद्धिसहित संरचनात्मक परिवर्तन गर्न पनि बोर्डले सुझाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया