रेन्जर्सलाई हराउँदै फ्रान्कफर्टले जित्यो युरोपा लिगको उपाधि
काठमाडौं । जर्मन क्लब फ्रान्कफर्टले युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
यससँगै फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेस लिगा क्लब बनेको छ ।
गएराति भएको फाइनलमा स्कटिस क्लब रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै जर्मन क्लब फ्रान्कफर्टले उपाधि जितेको हो ।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा फ्रान्कफर्ट सफल भयो
पेनाल्टी सुटआउटमा फ्रान्कफर्टका राफेल सान्तोस बोरे मुरे, फिलिप कोस्टिक, दाइची कामडा, एडिन ह्रुस्टिक र क्रिस्टोफर लेन्ज गोल गर्न सफल भए ।
रेन्जर्सका केमार रोफ, स्कोट आर्फिल्ड, स्टेभेन डेभिस र जेम्स टाभेनरले गोल गरे पनि आरोन रामसेले पेनाल्टीमा चुकाए ।
यसअघि ५७ औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाएका थिए ।
तर, ६९ औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफर्टलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया