देशभर कोरोनामुक्त हुने दर ९८ प्रतिशत
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोनामुक्त भएसँगै हालसम्म कोरोनामुक्त हुनेकाे संख्या ९ लाख ६६ हजार ९३८ पुगेको छ । जुन कुल कोरोना संक्रमितको ९८.८ प्रतिशत हो ।
बिहीबार ३ हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिबाट १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टीजेन विधिमा भने एक जनामा पनि कोरोना देखिएको छैन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पिसीआर विधिबाट ९ लाख ७९ हजार ३८ र एन्टीजेन विधिबाट एक लाख ४० हजार २०९ पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार १५० जना सक्रिय संक्रमित रहेका छन भने देशभर ३ जना क्वारेन्टाइनमा छन् । बिहीबार कसैले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया