सालोले भिनाजुलाई हतियार प्रहार गरे
दमौली । तनहुँको व्यास नगरपालिका वडानम्बर ३ देउरालीनगरमा सालो नाता पर्ने व्यक्तिले भिनाजुलाई बिहीबार हतियार प्रहार गरी घाइते बनाएका छन् ।
अन्दाजी २२ वर्षका स्थानीय विनोद थापाले सोही ठाउँ निवासी बिरबहादुर थापालाई हतियार प्रहार गर्दा उनको आँखा र टाउकोमा गहिरो चोट लागेको छ ।
थापाको दमौलीस्थित समाधान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । ती युवकले के हतियार प्रयोग गरेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया