काठमाडौंमा मिनी टाटाले लियो पैदल यात्रीको ज्यान
काठमाडौं । थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई थली बस्ने ६० वर्षीय नरबहादुर खड्काको आज बिहान मृत्यु भएको हो ।
मिनी टाटाको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा शङ्करापुर अस्पताल नारायणटारमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा संलग्न मिनी टाटा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया