NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

इनरुवाको मेयर र उपमेयरमा कांग्रेस विजयी

सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता निर्वाचित भएका हुन् ।

भण्डारीले ११ हजार ८२४ मतका साथ विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोजकुमार पोखरेलले ९ हजार ५३ मत प्राप्त गरे ।

मेहताले ११ हजार ४८० मतका साथ उपमेयरमा जित हासिल गरेकी छन् । एमालेकी सहजादी प्रविन (आलम) ९ हजार ५३७ मत ल्याएर पराजित भइन् ।