प्रशिक्षक अलमुताइरीले गरे एसियन कप छनोटको टोली घोषणा, छैनन् कप्तान किरणसहित ११ खेलाडी
काठमाडौं । एएफसी एसियन कप २०२३ को छनोटको लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षकसँग असन्तुष्ट हुँदै प्रशिक्षण बाहिर रहेका ११ सिनियर खेलाडी रहेका छैनन् ।
कुवेतमा हुने छनोट खेलका लागि टाेलीमा अधिकांश युवा खेलाडी समेटिएका छन् ।
यस्तो छ अन्तिम टोली :
गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा
रक्षक – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मध्यपंक्ति – आकाश बुढा मगर, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी
अग्रपंक्ति – आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया