जीपको ठक्करबाट दुई जनाको मृत्यु
महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते बमद्वयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।
जीप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया