गेरुपानी सडक खण्डमा यात्रु बाहक बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता
डोटी । शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा यात्रु बाहक दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनको अवस्था गम्भीर रहेको डोटी प्रहरीले जनाएकाे छ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो । प्रहरीका अनुसार शनिबार बिहान ५ बजेको समयमा बस दुर्घटना भएको हो ।
घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । गम्भीर भएका घाइतेहरूलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले बताए ।
तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक भने फरार छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया