गेरुपानी सडक खण्डमा यात्रु बाहक बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता
डोटी । शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा यात्रु बाहक दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनको अवस्था गम्भीर रहेको डोटी प्रहरीले जनाएकाे छ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो । प्रहरीका अनुसार शनिबार बिहान ५ बजेको समयमा बस दुर्घटना भएको हो ।
घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । गम्भीर भएका घाइतेहरूलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले बताए ।
तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक भने फरार छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया