परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेटवार्ता गरेको छ ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय/बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् ।
यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्ष चलिरहेको छ । यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरु आइरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया