NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

युरोपियन च्याम्यियन इटालीविरुद्ध खेल्ने अर्जेन्टिनी टोली : डिबालाको पुनरागमन, परेडेस अटेनन्

काठमाडौं । युरोपियन च्याम्यियनसिप (युरोकप) विजेता इटालीविरुद्ध खेल्ने अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले लियोनल मेसीको कप्तानीमा २९ सदस्यीय टोली घोषणा गरेका छन् ।

यसअघि घोषणा गरिएको प्रारम्भिक टोलीबाट ६ जना हटाएर उनले अन्तिम टोली घोषणा गरेका हुन् ।

टोलीमा युभेन्टसका फरवार्ड पाउलो डिबालाले कमब्याक गरेका छन् भने यसअघि राष्ट्रिय टोलीको नियमित सदस्य रहिरहेका लेयान्द्रो परेडेस भने योपटक अटाएका छैनन् ।

कोपा अमेरिका विजेता अर्जेन्टिनाले आगामी जुन १ मा युरोकप च्याम्यिपन इटालीविरुद्ध खेल्दैछ । बेलायतको लण्डनमा हुने यस खेललाई ग्राण्ड फाइनलको नाम दिइएको छ । यसलाई २९ वर्षअघिको अर्टेमिओ फ्रान्ची कपको नयाँ संस्करणको रुपमा लिइएको छ ।

जहाँ पनि युरोपियन र दक्षिण अमेरिकन च्याम्पियन खेल्ने गर्थे ।

यस्तो छ अर्जेन्टिनी टोली :

Goalkeepers:
Emiliano Martínez (Aston Villa)
Juan Musso (Atalanta)
Geronimo Rulli (Villarreal)
Franco Armani (River Plate)

Defenders:
Gonzalo Montiel (Sevilla)
Nahuel Molina (Udinese)
Juan Foyth (Villarreal)
Cristian Romero (Tottenham Hotspur)
Germán Pezzella (Real Betis)
Marcos Senesi (Feyenoord)
Nicolás Otamendi (Benfica)
Lisandro Martínez (Ajax)
Nehuén Pérez (Udinese)
Nicolás Tagliafico (Ajax)
Marcos Acuña (Sevilla)

Midfielders:
Guido Rodríguez (Real Betis)
Alexis Mac Allister (Brighton)
Rodrigo De Paul (Atletico Madrid)
Exequiel Palacios (Bayer Leverkusen)
Giovani Lo Celso (Villarreal)

Forwards:
Lionel Messi (Paris Saint-Germain)
Alejandro Papu Gómez (Sevilla)
Nicolás González (Fiorentina)
Ángel Di María (Paris Saint-Germain)
Ángel Correa (Atletico Madrid)
Paulo Dybala (Juventus)
Joaquín Correa (Inter)
Julián Álvarez (River Plate)
Lautaro Martínez (Inter).