थप ६ जनामा कोरोना पुष्टि, १३ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि भएको छ । दुई हजार २२६ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै आइतबार १३ जना निको भई घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
मन्त्रालयका अनुसार आइतबार १४१ जना सक्रिय संक्रमित छन् भने खोप लगाउनेको संख्या १७ हजार ३०२ रहेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया