काठमाडौंमा बालेन जिततर्फ अघि बढेपछि कांग्रेसले मुख खोल्यो
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्रका बालेन शाहले अस्वाभाविक नतिजा ल्याएपछि कांग्रेसले मुख खोलेको छ ।
परम्परागत रुपमा बलियो प्रभाव रहेको काठमाडौंमा स्वतन्त्रका बालेनले प्रभावशाली अग्रता लिंदै जिततिर लम्किएपछि कांग्रेसले औपचारिक प्रतिक्रिया दिएको हो ।
चुनावी परिणामका विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ७५३ स्थानीय तहमध्ये केही ठाउँमा काठमाडौंको जस्तो अपवाद हुने बताए । तर काठमाडौंमा स्वतन्त्रका बालेन जिततर्फ अघि बढ्दै गरेको विषय कांग्रेसको नोटिसमा परेको उनले बताए ।
‘निर्वाचनमा अपवाद हुन्छ । ७५३ तह छन् केही अपवाद हुन्छन् । यस्तोमा कांग्रेस असफल भयो भन्ने हुँदैन । काठमाडौंको नतिजा आइसकेको छैन । के कारणले युवाहरु असन्तुष्ट भए ? पार्टीले सम्बोधन गर्नुपर्छ’ महतले भने, ‘केही ठाउँमा अपवादको परिणाम आउँदामा नै कांग्रेस फेल भयो, पार्टी फेल भयो भन्न मिल्दैन । पार्टीहरुले अनुभवबाट पाठ सिक्छन् । कांग्रेसले सिक्छ । युवालाई नेतृत्व तहमा ल्याउनुपर्छ भन्ने सन्देश दिएको छ । हामीले पनि युवालाई उम्मेदवार बनाएका छौं । काठमाडौंको नतिजालाई नोटिसमा लिएका छौं । नजिकबाट हेर्ने कहाँ कहाँ कमजोरी भए हामी हेर्छौ । समीक्षा गर्छौ ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया