थप १० जनामा कोरोना पुष्टि, १६ जना कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७६८ जनामा परीक्षण गर्दा पिसीआर विधिमा आठ जना र एन्टीजेन विधिमा दुई जना गरी थप १० जनामा कोरोना पुष्टि भएका छ । योसँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या पिसीआर विधिबाट ९ लाख ७९ हजार ७६ र एन्टीजेन विधिबाट एक लाख ४० हजार २११ पुगेको छ ।
गत २४ घण्टामा १६ जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ९९१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।सोमबार एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।
सोमबार १३३ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३१ हजार ३८८ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया