गुणादीमा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते
दमौली । तनहुँको व्यास नगरपालिका ५ तल्लो गुणादीमा स्कुटर दुर्घटना हुँदा भिमाद २ की ४० वर्षीया पवित्रा थापाको ज्यान गएको छ । उनका छोरा सुसिर गम्भीर घाइते भएका छन् ।
उनको पोखरामा उपचार भइरहेको छ । पवित्राको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पोखराबाट दमौली आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई पोखराबाट विराटनगर जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ठक्कर दिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया