विभिन्न जनचेतनामूलक कार्यक्रम गरी थाइराइड दिवस मनाइँदै
काठमाडौं । बुधबार थाइराइड दिवस मनाइदै छ । हरेक वर्ष मे २५मा यो दिवस विश्वभर मनाइदै आइरहेको छ ।
उक्त दिवसको अवसर पारेर जावलाखेलस्थित अल्का अस्पतालले बुधबार थाइराइड भएका बिरामीका लागि निःशुल्क स्वास्थ्य शिविरकोसमेत आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका बिरामीहरुलाइ गरिने परीक्षणहरुमध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरुमा विशेष छुट गरिएको छ।
थाइराइड रोग ३ किसिमका हुन्छन् । थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर ।
थाइराइड मानिसको घाँटीमा हुने ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडि भागमा रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन ९टी–३० र ट्राइआयोडो थाइरोनिन ९टी–४० हर्मोन उत्पादन गर्छ । यस हर्मोनले नै शरीरको विभिन्न अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ ।
यसले शरीरको मेटाबोलिज्म नियन्त्रण गर्ने काम गर्छ । सामान्यतया थाइराइड हुदाँ निन्द्रमा समस्या आउने, हात खुटटा् काप्ने, शरीरको तौल कम हुने, छाला फ्रुस्रो हुने, मुटुको धड्कन बढे जस्तो हुने , पसिना आउने आदि लक्षणहरु देखा पर्ने हुन्छ । थाइराइड कुपोषण, वंशाणुगत, तनाव, विकीरण, दीर्घरोग, थाइराइड ग्रन्थीको संरचनागत नष्ट आदि कारणले लाग्ने गर्छ ।
यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ :
चिनीको कम प्रयोग गर्ने ।
धुम्रपान नगर्ने ।
पोसिलो खाना खाने
उमेर अनुसार भिटामिन र आयोडिनको मात्रा लिने ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया