एमालेले किन बोलायो संसदीय दलको बैठक ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
सरकारको आ.व. २०७८/ ०७९ को नीति तथा कार्यत्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पढेर सुनाएकी थिइन् । विगत ९ महिना देखि संसद अवरोध जारी राखेको एमालेले योपटक खुला गरेको छ । बैठकमा नीति तथा कार्यक्रममाथि एमालेको आधिकारिक धारणा बनाउने नेता शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङले बैठममा चुनावी परिणामबारे पनि अध्यक्ष केपी ओलीबाट सांसदहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको जानकारी दिए । बजेट अघि सरकारले नीति तथा कार्यक्रम ल्याउने प्राबधान छ । जेठ १५ मा सरकारले आ.व. २०७८ /०७९ बजेट प्रस्तुत गर्दैछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया