कल सेन्टर सञ्चालन गर्दै विद्युत प्रधिकरण
काठमाडाैं । विद्युत प्राधिकरणले कल सेन्टर सञ्चालन गर्ने भएको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै काठमाडौं महानगरभित्र कल सेन्टर सञ्चालन गर्ने जानकारी गराएको हो ।
प्रधिकरणले ग्राहकको सहजताका लागि विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना आदान प्रदान गर्न उपत्यका भित्रका ग्राहकलाई कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
प्राधिकरणको उक्त कल सेन्टरमा ग्राहकले प्राधिकरणको हटलाईन नम्बर ११५० मा सम्पर्क गरी गुनासो कल सेन्टरमा जानकारी गराउन सक्नेछन् । उक्त सेवा २४ घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया