NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप ५ जनामा कोरोना पुष्टि, ९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७१७ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा चार र एन्टीजेन विधिमा एक गरी थप पाँच जनामा कोरोना पुष्टि भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या पिसीआर विधिमा ९ लाख ७९ हजार ९१ र एन्टीजेन विधिमा एक लाख ४० हजार २१७ पुगेको छ ।

गत २४ घण्टामा १२८ जना सक्रिय सक्रमित छन भने ९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ११ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

बुधबार एक जनाको पनि मृत्यु भएको छैन । देशभर मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा ४७ हजार ९७९ जनाले कारोनाविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.