यौनहिंसा तथा बलात्कारका घटनाको अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं । यौनहिंसा तथा बलात्कारका घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बलात्कार र यौनजन्य हिंसाप्रति ध्यानाकर्षण गरेको छ ।
आयोगले विज्ञप्तिमार्फत उपत्यकालगायत देशका अन्य भागमा यौनहिंसा तथा बलात्कारका घटना भएको सञ्चार माध्यमबाट सार्वजनिक भएको तथा उक्त घटनाको आयोगमासमेत उजुरी भएको हुँदा उक्त घटनामा आयोगले अनुगमन गरिरहेको जनाएको छ । बुधबार आयोगले सार्वजनिक यौनहिंसा तथा बलात्कारको अनुसन्धानमा नेपाल प्रहरीबाट भएको कार्य तथा चुनौतीका सम्बन्धमा प्रहरीका अघिकारी र अनुसन्धानका संलग्न प्रहरी अधिकृतसमक्ष छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।
निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत उक्त घटनाबाट पीडितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चित गर्न, पीडित र साक्षीको सुरक्षा गर्न, मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानुनी दायरामा ल्याउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।
साथै विज्ञप्तिमार्फत आयोगले यस्ता घटनाप्रति प्रहरीको अनुसन्धान कार्यमा सहयोग तथा अनुचित प्रभाव पार्ने कुनै क्रियाकलाप नगर्न, नगराउन सबैमा पक्षलाई अनुरोधसमेत गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया