NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते
मन्थन

आणविक युद्धको खतरा अन्त्य गर्ने सम्भावना थोरै छ : नोम चम्स्की

प्रोफेसर नोम चोम्स्की विश्वका सबैभन्दा प्रभावशाली वुद्धिजीवीमध्ये एक हुन् । उनले १०० भन्दा बढी पुस्तक लेखेका छन् । हालै उनले अर्थर मार्भ वाटरस्टोनसँग मिलेर ‘कन्सिक्वेन्सेज अफ क्यापिटलिज्मः मेनुफ्याक्चरिङ डिस्कन्टेन्ट एन्ड रेस्स्टिेन्ट, र विजयप्रसादसँग मिलेर ‘द विथड्रलः इराक, लिबिया, अफगानिस्तान एण्ड द फ्रयागिलिटी अफ युएस पावर’ पुस्तक लेखेका छन् । उनी अहिले अमेरिकाको एरिजोना विश्वविद्यालयमा प्रोफेसर छन् । चोम्स्कीसँग पोडकास्टका सम्पादक नाथन जे रोबिन्सनले आणविक युद्धको खतरा, अन्य देशका मानिसको पीडा बेवास्ता गर्ने अमेरिकी संस्कृति र अमेरिकी विदेश नीतिको इतिहासबारे कुराकानी गरेका छन् । जसको अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं प्रायः मानव सभ्यताका लागि दुई वटा खतराहरू अस्तित्वमा रहेकोबारे छलफल गर्नुहुन्छ । जसमा एउटा जलवायु प्रकोप र अर्को आणविक हतियारसहित विश्वव्यापी युद्धको खतरा । यीमध्ये जलवायु परिवर्तन बढी चर्चामा छ । तर म यहाँ आणविक हतियार र युद्धबारे कुरा गर्न चाहन्छु । यसका लागि म असामान्य तरिकाबाट सुरु हुन चाहन्छु । मैलै भर्खरै डेनियल एल्सबर्गको पुस्तक ‘द डुम्सडे मेसिन’ पढेको थिएँ । त्यसमा उनले कसरी विश्वविद्यालयमा हुँदा उनलाई शिक्षकले पूरै सहर ध्वस्त पार्न सक्ने बम बनाउनका लागि एउटा कागज दिइएको र शिक्षकले नयाँ बम बनाउने सम्भावनाबारे कुरा गरिरहेका थिए भन्ने लेखेका छन् । उनी कक्षामा त्यस्ता चिजहरू अस्तित्वमा आयो भने मानव सभ्यता खतरामा पर्ने र त्यो बम पूर्ण विनाशकारी हुने भएकाले यसलाई समाप्त गर्न आवश्यक रहेको भन्नेमा सहमत भए । त्यसको केही वर्षपछि नै त्यो बम कल्पनाजस्तै गरेर एउटा सहरमा खस्यो । तपार्इं यसको साक्षी हुनुहुन्छ । त्यसैले म सन् १९४५ मा हिरोसिमामा खसेको आणविक बमबारे कुरा गर्न चाहन्छु । त्यो आणविक खतराको युगको सुरुवात थियो । हिरोसिमा र नागासाकीमा के भएको थियो ? त्यस्तो डरलाग्दो सम्भावना वास्तविकतामा परिणत भएको देख्दा कस्तो भएको थियो ?

म राम्रोसँग सम्झिन्छु । त्यस समयमा म समर क्याम्पमा जुनियर काउन्सिलर थिएँ । बिहान शिविरको लाउडस्पिकरबाट हिरोसिमामा एटम बमले सहर ध्वस्त बनाएको समाचार सुनियो । अरू सबै बेसबल, पौडी खेलिरहेका थिए । म साह्रै आत्तिएँ । मैले एकछिन पत्याउन सकिनँ । सबैभन्दा पहिले के भएको थियो भन्ने विवरण कसैलाई थाहा थिएन तर सामान्य चित्र स्पष्ट थियो ।

म यसबाट डराएको थिएँ, मैले क्याम्प छोडे र एकछिन एक्लै जंगलतिर हिँडे । त्यहाँ केही घण्टा बसेर यसबारे सोचेँ । त्यस घटनादेखि मानिसको वुद्धि र यसको क्षमताले पृथ्वीका सबै जीवन नष्ट गर्न सक्षम हुने बिन्दुमा पुगेको स्पष्ट भयो । अझ त्यहाँ एटम बमको क्षमता सीमित थियो ।

पछिल्ला दिनहरूमा बढ्दो प्रतिक्रियाको साक्षीका रूपमा मैले महसुस गरेअनुसार, मानव बौद्धिकता नैतिक क्षमताभन्दा धेरै अगाडि छ भने आणविक युद्धको खतरा अन्त्य गर्ने सम्भावना थोरै छ । तर कोही वास्ता गर्दैनन्

हिरोसिमामा भएको बम विस्फोट त्यसको केही महिनाअघि टोकियोमा भएको फायरबमिङ जत्तिको खराब थिएन । वा एटम बम मापनमा सायद त्योस्तरमा पुग्न सकेको थिएन । तर आधुनिक प्रविधि र विज्ञान सबै थोक नष्ट गर्ने क्षमताको बिन्दुमा पुग्न अगाडि बढ्छ, त्यसैले यसले दोहोरो आतंक सिर्जना गरेको थियो । सन् १९५३ मा थर्मोन्युक्लियर हतियारको विस्फोटसँगै त्यो क्षमता मुख्य बिन्दुमा पुग्यो । त्यतिबेला मैले ‘हामी सकियौं’ भन्ने महसुस गरेको थिएँ । मेरो अर्थ, विशेषगरी पछिल्ला दिनहरूमा बढ्दो प्रतिक्रियाको साक्षीका रूपमा मैले महसुस गरेअनुसार, मानव बौद्धिकता नैतिक क्षमताभन्दा धेरै अगाडि छ भने आणविक युद्धको खतरा अन्त्य गर्ने सम्भावना थोरै छ । तर कोही वास्ता गर्दैनन् ।

अमेरिकी जीवन एउटा विशेषतामध्ये एकातिर युद्ध मैदानको वास्तविकता र अमेरिकीहरूले युद्धबारे कुरा गर्ने तरिकाबीचको फरक पनि हो । एउटा सहर बम ध्वस्त भयो भनेर समाचार आउँदा त्यतिवेला के भयो भनेर वास्ता हुँदैन तर तस्बिर र प्रमाणहरू बाहिर आउन थालेपछि हामी त्यसको वास्तविक अर्थ बुझ्न थाल्छौं । र पनि युद्ध भोग्नेबारे प्रायः कुराकानी हुँदैनन् नि ?

ठीक छ, मलाई मेरो जीवनको सबैभन्दा डरलाग्दो समय सम्झिन दिनुहोस् । यो सन् १९५१–५२ को समयमा मेरो पहिलो श्रीमती केही वर्ष अगाडि बितेकी थिइन् । उनी र म ग्रयाजुएट विद्यार्थी थियौं । एक साँझ हामीले फिल्म हेर्न जाने निर्णय गर्यौं ।

हामीले विज्ञापनमा फिल्म हिरोसिमा देखेका थियौं, त्यो आश्चर्यजनक थियो । हामी बोस्टनमा बस्थ्यौं, र फिल्म स्कोले स्क्वायर भनिने क्षेत्रमा थियो । यो अश्लील क्षेत्र थियो । हामी कहिले त्यहाँ गएका थिएनौं तर हामीले त्यो फिल्म हेर्न जाने निश्चित गर्यौं । यसलाई अश्लील चलचित्रका रूपमा देखाइएको थियो । मानिसहरू फिल्म हेर्दै हाँसिरहेका थिए । यो एउटा ग्राफिक फिल्म थियो । उनीहरूले लाइभ फिल्म कहाँबाट पाए थाहा भएन । तर यो हिरोसिमाबाट देखाइएको प्रत्यक्ष फिल्म थियो । त्यहाँ मानिसहरू आफ्नो छाला फयाँकिदिएर दौडिरहेका थिए । यस्तो घृणित दृश्यलाई पोर्नोग्राफीको रूपमा देखाइँदै थियो, मानिसहरू हाँसिरहेका थिए । के तपाईं त्यो कल्पना गर्न सक्नुहुन्छ ? यसको अर्थ म मेरो अनुभवअनुसार भन्न सक्छु ।

सन् १९३० मा म सानै हुँदा चौरमा साथीहरूसँग काउब्वाइ र इन्डियन्स खेल्दै दौडिरहेको हुन्थेँ । हामी काउब्वाइ थियौं र इन्डियनलाई मार्थ्यौं । यो अमेरिकाको इतिहास हो । अमेरिकामा सन् १८१२ मा भएको आक्रमण पछि सन् २००१ मा पेन्टागन आक्रमणबाहेक अरु हमला हुँदैन । तर हामी अरूलाई आक्रमण गर्छौं ।

निसन्देह, हामी अमेरिकाले अन्य देशमा गरेको अत्याचारलाई सही हो भन्ने मनोवृत्तिमा छौं । वा अन्य मानिसको पीडालाई बेवास्ता गर्छौं ?

युक्रेन युद्ध सुरु भएपछि अमेरिकी कंग्रेसका सदस्यहरूले वा विदेशनीति विशेषज्ञहरूले युक्रेनको रक्षा गर्न नो फ्लाई जोन तोक्नुपर्ने भनिरहेको हामीले सुनिरहेका छौं । सौभाग्यवश सरकारमा एउटा शान्ति सेना छ । जसलाई पेन्टागन भनिन्छ । कंग्रेसका सदस्यहरूले आफू कत्तिको बहादुर छौं भनेर दिएका बहादुरीपूर्ण भनाइलाई पेन्टागनले अस्वीकार गरेको छ । नो फ्लाई जोन भनेको रुसी विमान खसाल्नु मात्र नभएर रुसभित्रकै विमान अड्डामा आक्रमण गर्नु भन्ने अर्थ लाग्ने भएकाले पेन्टागनले यो कदम चालेन । त्यसपछि भर्खंरको सर्वेक्षणले करिब अमेरिकीहरूले कांग्रेस र सल्लाहाकारहरूको भाषण सुनेर आणविक युद्ध निम्त्याउने भए पनि युक्रेन युद्धमा प्रवेश गर्नुपर्छ भन्ने लागेको बताएका छन् । आणविक युद्धमा लागेपछि सबै कुरा सकिन्छ । यसले आक्रमण सुरु गर्ने देशहरू पूर्ण रूपमा ध्वस्त हुन्छ ।

नागरिकहरू युद्ध बढ्ने खतरालाई लिएर चिन्तित छन् । तर आणविक शक्तिहरूबीच कुनै पक्षले नचाहँदा नचाहँदै पनि द्वन्द्व बढ्न सक्ने गम्भीर खतरा छ । त्यो गल्ती र त्रुटिले आणविक सशस्त्र शक्तिबीच हुने कुनै पनि प्रकारको युद्धलाई प्रकोपमा परिणत गर्न सक्छ ?

हामीले पेन्टागनले राम्रोसँग बुझेको कुरा पनि बुझ्नुपर्छ । रुससँग धेरै आणविक हतियार छन् । तर तिनीहरूसँग वार्निङ प्रणाली सीमित छन् । रुसले पुरानो प्रणाली, लामो समयदेखि प्रचलनमा नभएको, राडार आधारित चेतावनी प्रणाली प्रयोग गर्छ । तर अमेरिकासँग आधुनिक स्याटलाइट वार्निङ सिस्टम छ । यदि रुसभित्र कहीँ कतै केही भएमा अमेरिकाले तत्काल यसको जानकारी पाउँछ । तर रुसले आक्रमण हुने बेलासम्म पनि केही थाहा पाउँदैन । उनीहरूसँग तयारीका लागि समय हुँदैन र यसले ठूलो क्षति हुन सक्छ ।

रोनाल्ड रेगनको सुरुवाती कार्यकालमा एउटा प्रख्यात मामिलामा प्रशासनले रुसमा आणविक आक्रमणसहित रुसी प्रतिरक्षा परीक्षण गर्ने प्रयासका लागि काम गरिरहेको थियो । अमेरिकाले रुसले यो देखाउनका लागि मात्रै गरिएको भनेर बुझ्ने विश्वास गरेको थियो तर त्यसो भएन । यो अन्तर्राष्ट्रिय मामिलामा उच्च तनावको क्षण थियो । त्यतिबेला अमेरिका छोटो दूरीका पर्सिङ मिसाइलहरू पश्चिमी युरोपमा राख्ने बहस भइरहेको थियो, त्यो क्षेत्रबाट मस्को ५ देखि १० मिनेटको उडान दूरीमा पथ्र्यो, त्यसबेला रुस चिन्तित भएको थियो ।

त्यस समय हामी आणविक युद्धको अन्त्यन्तै नजिक भएका थियौं । यसलाई रुसी स्टानिस्लाभ पेट्रोभले रोकेका थिए, उनी चेतावनी प्रणालीको अनुमगन गर्ने अधिकारी थिए । रुसमा अमेरिकाले गरेको क्षेप्यास्त्र परीक्षणका लागि चेतावनी दिने एक स्वचालित वार्निङ थियो । प्रोटोकलअनुसार पेट्रोभले आणविक क्षेप्यास्त्र प्रहार गर्ने वा नगर्ने निर्णय गर्न थोरै मिनेट मात्र बाँकी थियो । तर उनले नगर्ने निर्णय गरे । त्यहाँ आणविक हतियारको प्रहार गर्न प्रर्याप्त चेतावनी हुँदाहुँदै पनि नगरेपछि उनी कारबाहीमा परे । तर उनले पूरै विश्वलाई ध्वस्त हुनबाट बचाए ।

एकपटक मात्रै यस्तो भएको थिएन । पटकपटक आणविक हतियारसँग खेलिरहेका छन् । मैले मेरो समर क्याम्पमा भनेजस्तै एक तिहाइ अमेरिकीले त्यस्तै प्रतिक्रिया गरिरहेका छन् ।

अहिलेको द्वन्द्वको सन्दर्भमा तपाईं युक्रेनमा रुसप्रतिको वर्तमान अमेरिकी दृष्टिकोण र नीतिले फराकिलो र नराम्रो युद्धतर्फ बढ्ने खतरा बढ्दैछ वा घटाउँदैछ जस्तो लाग्छ ?

मलाई थाहा छैन । केहीअघि, वर्तमान अमेरिकी कूटनीतिक सर्कलका सम्मानित एवं चतुर व्यक्तित्वमध्ये एक राजदूत चास फ्रिम्यानको एक अन्तर्वार्ता थियो । उनले अन्तिम युक्रेनीसम्म पनि रुससँग लड्ने अमेरिकी नीतिको कडा आलोचना गरेका थिए । उनले बाइडेनको साहसिक बयान आफ्ना समकक्षीलाई युद्ध अपराधी भन्ने वाक्यलाई उदाहरण दिएका थिए । युक्रेनलाई नष्ट गर्न र टर्मिनल युद्धको नेतृत्वका लागि अमेरिकाले सेटिङ गरेकोबारे फ्रिम्यान्ले स्पष्ट औंल्याए ।

युक्रेनको युद्ध अन्त्यका लागि हामीलाई थाहा भएसम्म वार्ताबाट समाधान गर्ने हुन सक्छ । अर्को विकल्प भनेको पुटिनलाई जे गरे पनि युद्ध अपराधको मुद्दामा पठाउनु पनि हो । बोरिस जोनसनले जे गरे पनि प्रतिबन्धहरू जारी रहनेछन् भन्नुको अर्थ युक्रेनलाई नष्ट गर्नु, टर्मिनल युद्धको लागि आधार तयार गर्नु हो ।

हामीले सबैभन्दा पहिले रिपब्लिकन पार्टीले चकनाचुर पारेको हतियार नियन्त्रण शासनलाई पुनस्थापित गर्ने काम गर्नुपर्छ । सुरुमा जर्ज डब्ल्यु बुसले एबिएम सन्धि (एन्टी ब्यालिस्टिक मिसाइल) बाट अमेरिकालाई अलग गराए । यो रुसका लागि गम्भीर खतरा थियो । त्यसपछि डोनाल्ड ट्रम्पले रेगन–गोर्बाचेबले गरेको आइएनएफ सन्धिसहित जे देखे त्यही सिध्याए । आइएनएफ सन्धिले युरोपमा मध्यम दूरीका आणविक क्षेप्यास्त्र रोक्ने र युद्धको खतरा निकै कम गथ्र्यो । ट्रम्पले अमेरिकालाई युद्धबाट नियन्त्रण गर्ने सबै घेरा तोडे ।

उनले आणविक युद्धबारे आफू गम्भीर छु भन्ने सबैले बुझुन भनेर सुनिश्चित गर्न, सन्धि खारेज हुनेबित्तिकै हतियार परीक्षण गर्यो । तर ट्रम्पको गतिविधिबाट आक्रमण गर्न क्षेप्यास्त्रहरू लिएर तपाईंको पछि आउँदैछौं भन्ने बुझिन्छ ।

यसपछि ट्रम्प एसेन्हुवरको ‘ओपेन स्काइज सन्धि’बाट पनि बाहिरिए । एसेन्हुवर अमेरिकाको अन्तिम कन्जरभेटिभ राष्ट्रपति थिए । उनीपछि त्यहाँ कन्जरभेटिभ राष्ट्रपति कोही पनि छैन । केवल कट्टरपन्थी प्रतिक्रियावादीहरूले सम्मानजनक शब्द कन्जरभेटिभलाई विषाक्त बनाउँछन् । एसेन्हुवर एक वैध कन्जरभेटिभ थिए, उनले राम्रा काम पनि गरे र नराम्रा काम पनि गरे । यसमा उनले ओपन स्काइज सन्धिको पहल गरेका थिए । तर ट्रम्प शान्ति स्थापना गर्ने सबै बाटो बन्द गरेर युद्धका लागि उचालिरहे ।
अमेरिकाले पछिल्ला समय युद्धको खतरालाई बढाउँदै, हतियार उद्योगको विकासमा काम गर्ने, मानिसहरूलाई डराएर सबै नतिजा आफूतिर पार्ने नीति लियो । मजस्तै बाल्यकालमा काउब्वाइ र इन्डियन गेम खेल्नेजस्ता मानिसहरूलाई डराउन खासै गाह्रो छैन । आणविक युद्धको खतरा बढाएर, जनता डराएर चुनावी माहोल बनाउने प्रयास भइरहन्छ ।

दिगो शान्तिका लागि पनि बाटाहरू नदेखिएका होइनन् । धेरै निराशाजनक कुराहरूमध्ये युद्ध र आणविक विनाश सजिलै टार्न सकिनेछ । संसारका कति मानिसहरू शान्तिमय, सुखी र समृद्ध जीवन बिताउन चाहन्छन् । कतिले आफूले मन पराएको सबै कुरा नष्ट गर्न चाँहदैनन् । केही नीतिगत निर्णयहरूजस्तै, हतियार नियन्त्रण सम्झौता, इतिहासका विभिन्न मोडमा भएका निर्णयलाई पनि लिन सकिन्छ । जस्तै, नेटो विस्तार । ती सबैले मलाई आशा दिन्छ, त्यहाँ दिगो शान्तिका लागि सम्भावित मार्गहरू छन् । तर मलाई थाहा छैन, हामी कुनै सहर ध्वस्त भएको सुन्दा सुन्दै पनि बेसबल खेल्न फर्किन सक्ने अमेरिकी संस्कृतिमा छौं । म दोस्रो विश्वयुद्ध, भियतनाम युद्धको बारेमा जति पढ्छु त्यो कुराले मलाई साँच्चै चिसो बनाउँछ र तपाईंको कामबारे प्रशंसा गर्छु । तपाईं मात्रै यी चीजहरूलाई आफ्नो दिमागबाट हटाउन नसक्ने व्यक्ति हुनुहुन्छ । हाम्रो देशको निर्णयले अन्य मानिसहरूले भोग्ने ठूलो मानवीय पीडालाई तपाईंले बिर्सिनुहुन्न । यो अमेरिकी संस्कृति कसरी समाप्त हुन्छ जान्न गाह्रो छ । मानिसहरू युद्धलाई सुन्छन्, देख्छन्, पढ्छन् र तुरुन्तै मोडिन सक्छन् ?

यो सजिलो छैन । एकछिनका लागि युक्रेनलाई छोडौं । युक्रेनमात्रै विश्वको संकट होइन । उदाहरणका लागि अफगानिस्तानका धेरै मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । त्यहाँ बजारमा खानेकुरा त छ तर केही मानिससँग पैसा पनि छ, पैसा हुँदाहुँदै पनि उनीहरूले आफ्ना बच्चाहरू भोकै भएको हेर्नु परेको छ । उनीहरू बैंकमा भएको आफ्नो पैसा झिक्न सक्दैनन् । किन ? बाइडेन प्रशासनले उनीहरूको पैसा हरण गरेको छ । उनीहरूको पैसा अमेरिकी बैंकमा थियो । त्यो पैसा अफगानीहरूले झिक्न पाएका छैनन् । आफूले चाहेको बेला फिर्ता पाउन सक्छु भन्ने विश्वास गरेर नै हामी बैंकमा पैसा राख्छौं । तर यहाँ त्यसो भएन ।

अमेरिकी सरकार अन्य देशको पैसा पनि चोर्न चाहन्छ ।

अमेरिकाले ९÷११ मा गरेको आक्रमणको क्षतिपूर्तिस्वरूप अफगानिस्तानमाथि यस्तो अत्याचार गरेको बहाना गरिरहेको छ । उक्त घटनामा अफगानीहरूको जिम्मेवारी शुन्य हुँदाहुँदै पनि उनीहरूले अमेरिकाको शासन भोग्नु परिहेको छ । अमेरिकाले आफ्नो क्षतिपूर्ति स्वरूप अफगानीलाई प्रयोग गर्यो । तपाईंलाई याद होला, तालिबानले अल कायदाका संदिग्धलाई सुम्पेर आत्मपसमर्पण गर्ने प्रस्ताव गरेको थियो । तर अमेरिकाले प्रतिक्रिया दियो ः ‘हामी आत्मसमर्पण गर्नेसँग वार्ता गर्दैनौं । हामी अलकायदा, ९÷११ बारे वास्ता गर्दैनौं । हाम्रो दिमागमा अरू नै कुरा छ ।’

त्यसपछि अफगानिस्तानले २० वर्षसम्म विनाश भोग्नुपर्यो । त्यसपछि फेरि अहिले उनीहरूकै पैसा चोरेर भोकै मर्न पारिएको छ । यसबारे अब हामी के गर्न सक्छौं ? के हामी यसमा छलफल गर्न सक्छौं ? अमेरिकाको यस्तो मुद्दा यही एउटा मात्र होइन ।

ताजा अपडेट

नेपालवाच विशेष