NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

निर्वाचित भएको एक हप्ता नबित्दै अध्यक्ष रोकायाले गरे बाढीग्रस्त क्षेत्रको अनुगमन

सुनिल मण्डेल, बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उत्तम बहादुर रोकायाले बाढीग्रस्त क्षेत्रको अनुगम गरेका छन् ।

आफू निर्वाचित भएको एक हप्ता नबित्दै उनले २०७८ असोज २९ गते देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल बर्षाका कारण आएको बाढी पहिरोले पुर्णरुपमा क्षतिग्रस्त गरेको ठाउँहरुको अनुगमन गरेका हुन् ।

अविरल वर्षाका कारण प्रभावित बनेका खप्तड छान्ना गाउँपालिका बासीहरुको घर परिवारमा अध्यक्ष रोकायाको टोलिले बुधबार अनुगमन गरेको हो । यस्तै रोकायाले तत्काल स्थानीयवासी तथा बाढीपीडितहरुलाई सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यार्थी राजनीति देखि खारिएर आएका रोकाया अहिले गाउँपालिका अध्यक्ष भईसकेपछी टोलटोलमा गएर जनताका समस्या बटुलि रहेका छन् ।

‘गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि धेरै काम गर्ने योजना छ । केही काम क्रमागत जालान् । तर, मैले सबैभन्दा पहिले गर्नुपर्ने काम खप्तड छान्ना गाउँपालिकाका बाढीपिडितहरुलाई राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने । यस्तै प्रत्येक घरधुरीलाई स्वच्छ खानेपानी पुर्याउने, स्वास्थ्य, शिक्षा, लगायतका योजना मेरो पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ ।

‘पालिकामा शिक्षाका लागि धेरै संरचना बनिसकेका छन् । अब केही बनाउन बाँकी छन् । विद्यालयलाई गुणस्तरीय बनाउनको लागि पाठ्यसामग्री अनिवार्य बनाउन आवश्यक ठानेको छु । प्रत्येक विद्यालयमा लगभग सामाग्री के कति कमी कमजोरी छ त्यसको तथ्यांक हामी संकलन गर्ने र आवश्यकता परेको सामग्री उपलब्ध गराउन पहल गर्ने छु ।

पाँच वर्षिय कार्यकालमा आफ्नो पालिकालाई नमुना पालिका बनाउन नबिन सोचका साथ काम गर्ने अध्यक्ष रोकायाले प्रतिबद्धता व्यक्त गरेका छन् । निस्वार्थ भावनाले जनताको सेवामा लागेर समाज रुपान्तरणमाको भावना जागृति गर्दै आफु राजनीतिमै होमिएको उनले बताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष उत्तम रोकाया नेपाली काङ्ग्रेस पार्टिको चौधौं महाधिवेशनमा जिल्ला कार्यसमितिको सचीव पदमा समेत निर्वाचित भएका हुन् । अहिले गाउँपालिकाको टिकट लिएर गाउँपालिका अध्यक्ष पदका गठबन्धनका साझा उम्मेदवार बाट भारी मत लिएर विजय भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष