पोखराबाट जोमसोम उडेको ताराको जहाज सम्पर्कविहीन
काठमाडाैं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको हो । जहाज जोमसोममा आधा घण्टामा ल्याण्ड हुनुपर्ने थियो ।
बर्तौलाका अनुसार तारा एयरलाइन्सको ९ एएनएइटी कल साइनके ट्वीन अटर जहाज वहान ९ बजेर ५५ मनेटमा काठमाडैंबाट उडेको थियो।
‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘विमानस्थलमा एटिसीका कर्मचारीहरू लागिरहनुभएको छ।’
बर्तौलाका अनुसार जहाजमा अन्य देशका नागरिक २ जना, ४ भारतीय र १३ नेपाली नागरिक सवार छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया