दुर्घटनाको अशंका गरिएको ठाउँमा मौसम खराबीले हेलिकोप्टर पुग्न सकेन, हिँडेर जान ५ घण्टा

काठमाडौं । लेतेका स्थानीयले घासा र लेतेको बीचमा रहेको टिटि डाँडामा तारा एयरलाइन्सको जहाज दुर्घटना भएकोबारे प्रहरीमा रिपोर्ट गरिसकेका छन् । म्याग्दीका सहायक जिल्ला प्रमुख अधिकारी अर्जुन शर्माका अनुसार उक्त ठाउँमा मानवीय बस्ती छैन ।
हालसम्म स्थानीयले दुर्घटनाको दाबी गरेपनि मानविय पहुँच नपुगिसकेकाले जहाज दुर्घटनाबारे दाबी गर्न नमिल्ने उनले बताए । ‘स्थानीयले दाबी गरेको त्यो ठाउँमा मान्छे पुग्न लेतेबाटै ५ घण्टा लाग्छ,’ शर्माले भने, ‘मौसम खराब भएका कारण हेलिकोप्टर पनि पुग्न सकिरहेको छैन । हालसम्म दुर्घटनालाई आशंका मात्रै मान्न सकिन्छ । ’
हाल हराएको ट्वीन अटर जहाज खोज्नका लागि नागरिक उड्डयन प्राधिकरणले फिसटेल एयरको हेलिकोप्टर परिचालन गरेको छ । विहान १०ः५५ मा जोमसोममा अवतरण हुनपर्ने जहाज सम्पर्कविहीन भएपछि प्राधिकरणले खोजीकार्य थालेको थियो ।
९एनएइटी कलसाइनको जहाजमा १९ यात्रु सवार छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया