सेनाको दाबी : हराएको जहाज भेटियो, तारा एयर भन्छ : अहिलेसम्म भेटिएको छैन
काठमाडौं । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि पोखराको धावनमार्ग छोडेको तारा एयरलाइन्सको जहाज हालसम्म नभेटिएको जानकारी प्राप्त भएको छ ।
तारा एयर प्रालिका अनुसार खराब मौसमका कारण हालसम्म पनि जहाज फेला पर्न सकेको छैन । हाल नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्दार समन्वय केन्द्रमार्फत खोजबिन कार्य चलिरहेको छ ।
यसअघि नेपाली सेनाले तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको जनाएको थियो । सो हिमालको फेदीमा विमान दुर्घटना भइरहेको स्थानीयले देखेको सेनाको दाबी थियो । तर, तारा एयर प्रालिले भने जहाज हालसम्म फेला नपरेको जनाएको छ ।
तारा एयरको ९ एएनएइटी कल साइनके ट्विनअटर जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
अहिले जहाजको खोजीमा सेना र प्रहरीको टोली परिचालित भएका छन् ।
प्राधिकरणले २४ सै घण्टा खोज तथा उद्दार समन्वय केन्द्र खुला रहन व्यवस्था मिलाई खोजबिन कार्यस्थल तथा हवाई माध्यमबाट सघाइरहेको जनाइएको छ ।
जहाजमा चालक दलसहित २२ यात्रु सवार थिए ।
हराएको जहाज भेटियो – NepalWatch
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया