NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सेनाको दाबी : हराएको जहाज भेटियो, तारा एयर भन्छ : अहिलेसम्म भेटिएको छैन

काठमाडौं । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि पोखराको धावनमार्ग छोडेको तारा एयरलाइन्सको जहाज हालसम्म नभेटिएको जानकारी प्राप्त भएको छ ।

तारा एयर प्रालिका अनुसार खराब मौसमका कारण हालसम्म पनि जहाज फेला पर्न सकेको छैन । हाल नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्दार समन्वय केन्द्रमार्फत खोजबिन कार्य चलिरहेको छ ।

यसअघि नेपाली सेनाले तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको जनाएको थियो । सो हिमालको फेदीमा विमान दुर्घटना भइरहेको स्थानीयले देखेको सेनाको दाबी थियो । तर, तारा एयर प्रालिले भने जहाज हालसम्म फेला नपरेको जनाएको छ ।

तारा एयरको ९ एएनएइटी कल साइनके ट्विनअटर जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।

अहिले जहाजको खोजीमा सेना र प्रहरीको टोली परिचालित भएका छन् ।

प्राधिकरणले २४ सै घण्टा खोज तथा उद्दार समन्वय केन्द्र खुला रहन व्यवस्था मिलाई खोजबिन कार्यस्थल तथा हवाई माध्यमबाट सघाइरहेको जनाइएको छ ।

जहाजमा चालक दलसहित २२ यात्रु सवार थिए ।

हराएको जहाज भेटियो – NepalWatch