राष्ट्रियसभामा बजेट टेबुल

काठमाडौं । राष्ट्रियसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटलाई टेबुल गरेका हुन् ।
बैठकको सुरुमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर जहाजको खोज तथा उद्धारको सम्बन्धमा सभालाई जानकारी गराए ।
बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि यही जेठ १७ र १८ गतेका लागि दिन तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया