आइपिएलको उपाधि गुजरातको पोल्टामा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को यो सिजनको उपाधि गुजरात टाइटन्सले जितेको छ ।
आइतबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले आइपिएलको डेब्युमै उपाधि चुमेको हो ।
गुजरातले यही सिजनबाट आइपिएल खेल्न थालेको थियो ।
राजस्थानले १ सय ३१ रनको लक्ष्य दिएकोमा गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै त्यसलाई पूरा गर्यो ।
गुजरातको यो जितमा सुबमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन जोडे भने कप्तान हार्दिक पाण्डेयले ३४ रन, डेभिड मिलरले ३२, म्याथ्यु वेडले ८ र रिद्धिमान शाहले ५ रनको योगदानद दिए ।
यो क्रममा राजस्थानका ट्रेन्ट बोल्ड, युजभेन्द्र चाहल र प्रसिद्ध कृष्णले १/१ विकेट लिएका थिए ।
पहिले ब्याटिङ सम्हालेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो । जसमा जोश बट्लरले सर्वाधिक ३९ रन, याशभी जैसवालले २२ रन, रियान परागले १५ र सन्जु सामसनले १४ रनको योगदान दिए ।
गुजरातका हार्दिक पान्डय र साई किशोरले क्रमशः ३ र २ विकेट लिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया