तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौं । तारा एयरलाइन्सको आइतबार बिहानबाट सम्पर्कविहीन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको सम्पर्कविहीन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् । उनका अनुसार, विमान दुर्घटना भएको स्थानबारे जानकारी पाएपछि नेपाली सेनाको टोली अहिले त्यसतर्फ जाँदै छ ।
सैनिक प्रवक्ता सिलवालले दुर्घटनाग्रस्त विमानको तस्बिरसमेत सार्वजनिक गरेका छन् । जसमा पहाडमा ठोक्किएर दुर्घटना भएको विमानका पार्टपुर्जा क्षतविक्षत अवस्थामा असरल्ल छन् । केही भाग जलेका छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तारा एयरको विमान आइतबार बिहान जोमसोमका लागि उडेको केहीबेरमा नै सम्पर्कविहीन भएको थियो ।
आइतबार दिनभर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य गरे पनि विमानको अवस्था पत्ता लाग्न सकेको थिएन ।
विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया