आमाबुवा, मामामाइजू र काकाकाकीलाई मुक्तिनाथ लैजाँदै थिए राजनले

काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिकाको सानोस्वरेमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला पर्यो ।
जहाज दुर्घटनामा परी धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका-११ लोटाका राजन गोलेले आफ्ना आमा बुवा, काकाकाकी, मामा माइजूलाई मुक्तिनाथ मन्दिर दर्शनका लागि लिएर गएका थिए । गोले लामो समय नेकपा एमालेको राजनीतिमा थिए ।
उनले एमाले विभाजन भएसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको मधेश प्रदेश कमिटीको सदस्यता लिए ।
बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ शुक्रबार धनुषाबाट काठमाडौं आएर शनिबार पोखरा पुगेका थिए ।
राजकुमारका श्रीमती र दुई छोराछोरी छन् ।
ताजा अपडेट
-
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
-
समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि : अध्यक्ष प्रचण्ड
-
ट्रम्पको नयाँ निर्णय: स्टिल र अलुमिनियम आयातमा ५०% कर लागू
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
-
देशभर बर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया