फोहर व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ : वडाध्यक्ष डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्ष ईश्वरमान डंगोलले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापन नभएसम्म बैठकको भत्ता नलिने बताएका छन् ।
‘फोहरको समस्या सामाधान नभएसम्म बैठकको भत्ता लिन्नँ,’ उनले भने, ‘बैंक खातामा पनि नपठाइदिनुहोला ’
डंगोलले फोहोर व्यवस्थापन सँगै सार्वजनिक शौचालय प्रयोग पनि नागरिकको अधिकार भएको र त्यसको पनि समयमै व्यवस्थापन हुनुपर्ने जोड दिएका छन् ।
त्यस्तै, उनले मेयर शाहले उठाएको कल सेन्टरलाई २४ घण्टा सञ्चालनमा ल्याउनका लागि टोली तयार पार्नसमेत माग गरेका छन् ।
डंगोल कामनपा १५ का वडाध्यक्ष हुन् । उनी एकीकृत समाजवादीबाट जित्ने एक्ला वडाध्यक्ष हुन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया