फोहर व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ : वडाध्यक्ष डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्ष ईश्वरमान डंगोलले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापन नभएसम्म बैठकको भत्ता नलिने बताएका छन् ।
‘फोहरको समस्या सामाधान नभएसम्म बैठकको भत्ता लिन्नँ,’ उनले भने, ‘बैंक खातामा पनि नपठाइदिनुहोला ’
डंगोलले फोहोर व्यवस्थापन सँगै सार्वजनिक शौचालय प्रयोग पनि नागरिकको अधिकार भएको र त्यसको पनि समयमै व्यवस्थापन हुनुपर्ने जोड दिएका छन् ।
त्यस्तै, उनले मेयर शाहले उठाएको कल सेन्टरलाई २४ घण्टा सञ्चालनमा ल्याउनका लागि टोली तयार पार्नसमेत माग गरेका छन् ।
डंगोल कामनपा १५ का वडाध्यक्ष हुन् । उनी एकीकृत समाजवादीबाट जित्ने एक्ला वडाध्यक्ष हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया