NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यी हुन् काठमाडौंका मेयर शाहले पहिलो कार्यपालिकाको बैठकमा उठाएका विषय

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उम्मेदवार बालेन्द्र शाह (बालेन)ले पदभार ग्रहण गरेको केही समयपछि नगर कार्यपालिकाको पहिले बैठक बसेको छ । सो बैठक अहिले प्रत्यक्ष प्रशारण भइरहेको छ ।

महानगरका उपमेयर, ३२ वटै वडाका वडाध्यक्ष तथा प्रमुख जिल्ला प्रसाशकीय अधिकृतको उपस्थिति रहको उक्त बैठकमा मेयर शाहले फोहर व्यवस्थापनदेखि सार्वजनिक शौचालय व्यवस्थापनको मुद्दालाई उठाएका छन् ।

मेयर निर्वाचित भएकै दिन नुवाकोटको सिसडोल र वञ्चरेडाँडाको फोहर फाल्ने ठाउँ अवलोकन त्यहाँ पुगेका मेयर शाहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नलगाउने र कुनै पनि उत्सव नमनाउने घोषणा गरिसकेका छन् ।

काठमाडौं नगरवासीलाई स्वस्थ्य बनाउन सिसडोलका नागरिकले ठूलो मूल्य चुकाइरहेको बताउँदै उनले नगरवासीले वडास्तरमा फोहर व्यवस्थापन गर्नेबारे सोच्नुपर्ने बताए । ‘हामीले मात्रै नभएर काठमाडौं नगरवासीले बुझ्नुपर्छ,’ उनले भने, ‘हामीलाई स्वस्थ्य राख्ने वातावरण बनाउन त्यहाँका जनताले ठूलो मूल्य चुकाइरहेका छन् ।’

यहाँबाट उठ्ने ७५ भन्दा बढी फोहार अग्र्यानिक भएका भएर त्यसलाई मलमा परिणत गरिनुपर्नेमा उनले जोड दिए । यी कामका लागि महानगरसँगै भएका प्रस्तावहरूको अध्ययन गरिने उनले बताए ।

फोहर व्यवस्थापन गरेर सिसडोललाई बस्न योग्य बनाउने र बञ्चरेडाँडालाई व्यवस्थित बनाउने उनको भनाइ छ ।

यसका लागि वडास्तरबाटै व्यवस्थापनको पहल गर्न उनले सबै वडाध्यक्षहरूलाई आह्वान गरेका छन् ।

यस्ता छन् मुद्दा :

सार्वजनिक शौचालय

काठमाडौं महानगरमा टाउको दुखाइको विषय बनेको सार्वजनिक शौचालयका लागि उनले व्यवस्थान गर्न चेन रेष्टुेन्टसँग वार्ता थालिएको बताएका छन् । सम्झौता भएका ती रेष्टुरेन्टमा साइनबोर्ड रखिने र जो कोहीले पनि निःशुल्क शौचालय प्रयोग गर्न पाउने उनले जनाएका छन् । मेयर शाहका अनुसार यसका लागि चार–पाँचवटा चेन रेष्टुराँसँग कुरा भइसकेको छ ।

कल सेन्टर

मेयर शाहले कल सेन्टरबाटै सेवा सुविधा सञ्चालित गर्ने कामलाई तीव्रता दिनुपर्ने प्रस्ताव राखेका छन् । सानो समस्या नै बढ्दै गरेर ठूलो टेन्डरमा परिणत हुने हुँदा समस्या सानो हुँदा नै सामाधान गर्न कल सेन्टरलाई व्यापक बनाउनुपर्ने उनको जोड छ । बाटोका खाल्टाखुल्टी, दुर्गन्धको समस्या, ढलको समस्याका लागि कल सेन्टरबाटै समन्वय गर्न सकिने उनले जनाएका छन् । यसको कार्यान्वयनका लागि उनले ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’ ल्याइने उनले जनाएका छन् ।

रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक बनाउने बालेनको प्रस्ताव – NepalWatch