हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सो विमान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज एक विज्ञप्तिमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया