तारा एयर दुर्घटना : १० जनाको शव पोखरा ल्याइयो
काठमाडाैं । आइतबार तारा एयरको विमान दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको शव पोखरा ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमा दुर्घटनास्थलबाट १० शव पोखरा ल्याइएको हो । पोखरामा हेलिकप्टरमा इन्धन हालेर पुन : उक्त हेलिकप्टर शव बोकेरै काठमाडौँका लागि उड्ने तारा एयरले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार आज साँझ ६ बजेसम्म १० वटा शव काठमाडौँ ल्याउन लागिएको हो ।
अन्य शवहरू भने दुर्घटना स्थलमै छन् । पोखरा र मुस्ताङमा अहिले भारी वर्षा भइरहेको बताइएको छ । दुर्घटनास्थलमा ११ जनाको शव छ । भने एक जनाको शव अझै नभेटिएकाले खोजी कार्य जारी रहेको जनाइएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०: १० मिनेटमा सम्पर्कविहीन भएको थियो । जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।

ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया