सशस्त्रको घुमुवा हतियार किनबेचमा
काठमाडौं । बर्दिबासस्थित सशस्त्र प्रहरीको वाहिनीबाट बारामा खटिएका चार प्रहरी अवैध हतियार किनबेचमा संलग्न भएको खुलेको छ ।
गत वैशाख २४ मा चुनावको चहलपहल बढेका बेला बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका–९, बसबरियाबाट दुई पेस्तोल, त्यसमा प्रयोग हुने चार गोलीसहित दुई भारतीय युवक पक्राउ परेका थिए । त्यसमा वाहिनीबाट खटिएका वरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्नसागर झा र जवान सुनीलकुमार यादव पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
उनीहरू सबै घरपायक सिभिल ड्युटीमा थिए । अशोक र सुनील सिम्रोनगढकै छेउमा पर्ने बाराको पचरौताका हुन् भने आत्माराम र रत्नसागर रौतहटका हुन् ।
घटनापछि उनीहरू बर्दिबास वाहिनीमा तानिएका हुन् ।
हतियारसहित पक्राउ परेकाहरूमा भारत घोडासहनत थानाअन्तर्गत लौखान –पञ्चायत १ का अखिलेशकुमार सिंह र भेलवा पञ्चायत १४ का पप्पु यादव छन् । उनीहरूको वयानका आधारमा जेठ ५ मा लौखानकै लालबाबु भनिने मधुवेन्द्र कुसवाहा पक्राउ परेपछि हतियार किनबेचमा सशस्त्र प्रहरीको संलग्नता खुलेको अपराध अनुसन्धानका एक प्रहरी अधिकारीले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया