केन्द्रीय कारागारका कैदीबन्दीका लागि फुटबल
काठमाडौं । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ ।
सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो ।
आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिइन् ।
कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिककार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष ओलीले बताए ।
उक्त कार्यक्रम यही जेठ २२ गतेदेखि सुरु हुनेछ । यो कार्यक्रम एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कूल ४८ खेलाडी तथा ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।
पहिलोचरण जुनदेखि नोभेम्बर ३० तारिखसम्म सञ्चालन हुनेछ । यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने योजना रहेको छ । यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ ।
दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया