NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

उपमेयर सुनीताको समर्थन अर्जेन्टिनालाई

काठमाडौं । युरोपियन च्याम्यियनसिप विजेता इटाली र दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच ग्राण्ड फाइनल हुँदैछ ।

बेलायतको लण्डनमा राति १२ः३० बजे हुने यस खेललाई फुटबल समर्थकले व्यग्र प्रतीक्षा गरिरहेका छन् ।

यसैबीच, काठमाडौं महानगरपालिकी उपमेयर सुनीता डंगोल अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीकी फ्यान भएको तथ्य बाहिरिएको छ ।

पूर्वमिस नेवाःसमेत रहेकी सुनीताले अर्जेन्टिनाको जर्सी लगाएको तस्बिर बाहिरिएकोसँगै त्यो अहिले सामाजिक सञ्जालमा भाइरस भइरहेको छ ।

तस्बिरमा सुनीतासँगै उनका परिवारका सदस्यहरू अर्जेन्टिनालाई समर्थन गरिरहेका छन् । उनीसँगै २–३ जनाले त अर्जेन्टिनाको जर्सी नै लगाएर सो टोलीको समर्थन गरिरहेका छन् । त्यहाँ सुनीतालाई पहिलो पंक्तिमा रहेर सेल्फी लिइरहेकी देखिन्छन् ।

कतारमा विश्वकप फुटबल सुरु हुन ५ महिनामात्र बाँकी छ । विश्वकपको ड्र पनि भइसकेको छ । कतिपय फुटबल फ्यानलाई विश्वकपको ज्वरोले छोइसकेको छ ।

नेपालमा ब्राजिल र अर्जेन्टिनाका फ्यान धेरै छन् । यस्तोमा चर्चित उममेयरकी उम्मेदवार अर्जेन्टिनाको समर्थक भएको तथ्य बाहिरिएपछि फुटबल समर्थक यसलाई लिएर ठट्टा–मजाक गरिरहेका छन् । आज राति ब्राजिलका अधिकांश समर्थकले इटालीको समर्थन गर्नेछन् ।

एमालेको उम्मेदवार भएर उपमेयर जितेकी सुनीताले भने अर्जेन्टिनाको समर्थन गर्ने निश्चित छ ।

विश्वकपमा छनोट नभएको पीडा भुल्न चाहन्छ इटाली, आफ्नै रेकर्ड तोड्ने अर्जेन्टिनाको लक्ष्य – NepalWatch